काठमाडौं । अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ ।
नेपाल, अमेरिका र स्कटल्यान्डबिच हुने खेलका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम घोषणा गरिएको हो ।
नेपाल क्रिकेट सङ्घ क्यानले पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा सन्दीप लामिछानेले पुनरागमन गरेका छन् । सन्दीपले यसअघि अमेरिका विरुद्ध टी–२० सिरिज खेल्न पाएका थिएनन् । सागर ढकाल र देव खनाल रिजर्भमा राखिएका छन् ।
नेपाली टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउँद, सोमपाल कामी, करण केसी, गुल्सन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology