Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलबाट हराएका बसेलको शव ढोरपाटनमा गाडिएको अवस्थामा फेला

बुटवलबाट हराएका बसेलको शव ढोरपाटनमा गाडिएको अवस्थामा फेला

images
  • सेतोमसी सहकर्मी
  • बुटवलबाट हराएका बसेलको शव ढोरपाटनमा गाडिएको अवस्थामा फेला
    images
    images

    टिकाराम भट्टराई, बुर्तिबाङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाम बेसीँ गाडिएको अवस्थामा फेला परेको शव देवचुली नगरपालिका–३ केवरानी नवलपरासीका नारायण बसेलको रहेको खुलेको छ । बुटवल–११ कालिका नगरमा आफ्नै व्यवसाय गर्दै आएका बसेल चैत ४ गते राति १२ बजेदेखि सम्पर्क विहिन भएको दाजु भागिरथ बसेलले बताउनुभयो । 

    images
    images
    images

    नारायण सगैँ व्यवसाय गर्ने ढोरपाटन नगरपालिका २ रिनामका १ जनालाई बुटवल प्रहरीले पक्राउ गरेको जनाईएको छ । आरोपितले प्रहरीलाई दिएको बयान अनुसार मृतक बसेल सगँको आर्थिक लेनदेनमा हत्या गरिएको खुलेको छ ।

    images
    images
    images

    बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका २ रिनाम घर भएका पुरुषले बुटवलमा व्यवसाय गर्दै आएका थिए । सोहि क्रममा बसेलसगँ पाटनरीमा व्यवसाय गर्ने भनि ११ लाख बुझाएको र पछि सहमतिमा नै पाट्नरीबाट बसेल निस्किएका थिए । ११ लाख रुपैयाँ बसेललाई बुझाउने बाहानामा मार्ने आरोपितले बुटवलमै हत्या गरि, सुतकेसमा हालेर ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामबेसीँमा बन्दैँ गरेको सव स्टेशन नजिकै जस्तिखोलाको कुलोको मुहानमा गाडेको बताएका छन् ।

    images
    images
    images

    गत चैत्र २७ गते स्थानियहरुले बाख्रा चराउन जाने क्रममा कुलोको मुहानमा खनेको र शंकास्पत बस्तु देखेका थिए । तर मानिसहरु सजिलै पुग्न नसक्ने जस्तिखोलाको कुलो मुहानमा अन्य जनावरले खनेको हुन सक्ने भनि वेवास्ता गरेका बताए । पछि जमिनमुनी सम्मको माटो निकालिएको र च्यान गाडिएको जस्तो देखेपछि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा खबर गरेका थिए ।

    बैशाख १ गते विहान प्रहरीको टोली उक्त घटना स्थलमा पुगेको थियो । शंकास्पत स्थानमा केहि खन्दा नाम्लो फेला परेको प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो । केहि तल खन्दै जादाँ पलास्टिकले बेरेर रसीले कसेको अवस्थामा शव फेला परेको थियो । दिउँसो प्रहरीले शवलाई बुर्तिबाङमा ल्याएको थियो ।

    अन्दाजी ३०—३५ वर्षिय पुरुष, दाह्री पालेको, कोट पाईन्ट सहित छालाको जुत्ता लगाएको हुलीया रहेपछि प्रहरीले बाग्लुङ जिल्ला सहित अन्य जिल्लाहरुमा मानिस हराएको भए यस प्रकारको हुलिया भएको मानिसको शव फेला परेको भनि खबर गरिएको थियो ।

    सबैतिर खबर गरेपछि गत चैत्र ४ गते देखि बुटवलबाट एक पुरुष हराएको भन्ने खबर सुनेपछि उनकै शव हो या हैन भनि चिन्न दाजु भागिरथ बसेल तथा जेठान ध्रुब रेग्मीलाई लगाईएको थियो । मृतको शव हेरिसके पछि कानमा टप,दाह्री पालेको,कोट पाईन्ट लगाएको हुलिया मिलेको थियो । साथै मृतको खुट्टाको औलाको आधारमा नारायण बसेलकै शव रहेको दाजु भागिरथ बसेलले छुट्टाउनुभएको थियो ।

    त्यस लगत्तै शंकाको घेरामा ढोरपाटन नगरपालिका २ रिनाम घर भई हाल बुटवलमा व्यसाय गर्दै आएका सहोदर दुई दाजुभाई रहेका थिए । उनीहरु मध्यबाट दाजुले ढोरपाटन नगरपालिका २ का वडा अध्यक्ष युवराज महतलाई शव भेटिएको हो या हैन भनि बुझ्न फोन गरेका थिए । वडा अध्यक्ष महतले एक पुरुषको शव फेला परेको जनाए लगत्तै फोन काटर उनले मोबाईल अफ गरेको महतले बताउनुभयो ।

    आरोपित मध्यका भाईलाई भने आज बिहान प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । प्रहरी सगँको बयानका आधारमा उनले आर्थिक लेनदेनका कारण दाजुले नभई आफुले हत्या गरि शव लुकाउन सुटकेसमा प्याक गरि बसको डिक्कीमा राखेर रिनामबेसीँ कुलोको मुहानमा लगि गाडेको बताएका थिए ।

    प्रहरीले उनका दाजुलाई पनि खोजी गरिरहेको छ । मृतक बसेलका दाजु भागिरथ बसेल तथा जेठान ध्रुब रेग्मी लगायत आफन्तहरु आज विहानै बुर्तिबाङ आउनुभएको प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो ।

    मृतकका आफन्त आईसकेपछि शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने भनिएको थियो । तर स्वास्थ्य केन्द्रमा डा. विविध कामले जिल्ला बाहिर रहेकोले पोष्टमार्टमको लागि बाग्लुङ पठाईएको वन्तले बताउनुभयो । घटनाको बारे मुचुल्का उठाउने काम गरियो निरिक्षक वन्तले भन्नुभयो “आरोपित बुटवल प्रहरीको नियन्त्रणमा रहेकोले घटनामा अन्य को को संलग्न थिए भन्ने बारेका सबै खुल्नेछ ।”

    सम्पर्क बिहिन बनेका ३२ वर्षिय बसेल बुटवल, ट्राफिकचोकमा आफ्नै स्वामित्वमा रहेको जबलिंक सञ्चालन गर्दै आएका थिए । सियोर जब डटकम नामको जागिर मिलाइदिने व्यवसाय गर्दै आएका बसेल सम्पर्क विहिन भएपछि परिवारले चैत्र ५ गते इलाका प्रहरी कार्यालयमा सम्पर्क विहिन भएको निवेदन दिएका थिए । करिब एक महिना सम्म पनि कुनै सम्पर्क नभएपछि पीडित परिवार थप समस्यामा परेका थिए ।

    मृतक बसेलका श्रीमती र एक महिनाका छोरा छन् । बसेल बुटवल–६ आदर्श नगरमा बस्दै आएका थिए । उनकी श्रीमती भने तिलोत्तमा–५ नयाँ मिल स्थित आफ्नो माइतीमा सुत्केरी बस्दै आएको जनाईएको छ । डेढ वर्षदेखि बुटवलमा बस्दै व्यवसाय चलाउँदै आएका बसेल साधारण स्वभावका रहेको दाजु भागिर बसेलले बताउनुभयो । सम्पर्कविहिन बसेलले प्रयोग गर्ने मोटरसाइकल योगीकुटी स्थित होटल पौवा पछाडि भेटिएको मृतकका जेठान ध्रुब रेग्मीले बताउनुभयो । निवेदन परेपछि प्रहरीले खोजी कार्य जारी राखेकोे इलाका प्रहरी कार्यालय ,बुटवलका प्रहरी नायब उपरिक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो।

    बसेल ७ वर्ष जापान वैदेशिक रोजगारीबाट फर्केका थिए । नवलपरासी घरमा रहेका बसेल श्रीमती सुत्केरी भएपछि माइत गए पश्चात बुटवलमा एक्लै बस्दै आएका थिए । आफ्नो भाई सम्पर्क विहिन भएपछि आाफूहरुले विभिन्न माध्यमबाट खोज्दै आएको तर, कुनैपनि सुराक तथा खबर नपाएपछि थप पीडामा परेको दाजु भागिरथको भनाई थियो । सम्पर्कविहिन भएको लामो समयसम्म पनि ज्वाइँ सम्पर्कमा नआएपछि सुत्केरी बहिनी लगाएत आफ्नो परिवार र आफन्तहरु पनि पीडामा परेको जेठान ध्रुब रेग्मी बताउनुभयो ।
    (रेडियो परिवर्तनबाट साभार)

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।