देवदह । रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नं ४ र ५ मा क्रियाशील दयानगर सामूदायिक सिकाइ केन्द्रको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा संस्थाले गरेका कार्यक्रमहरूको समिक्षा र नयाँ कार्यक्रम तय गर्दै मंगलबार साधारणसभा सम्पन्न भएको केन्द्रका अध्यक्ष गायत्री न्यौपानेले जानकारी दिइन् ।
साधारण सभाले अध्यक्ष न्यौपानेको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । जसमा चालु आर्थिक वर्षमा सिकाइ, स्वास्थ्य सचेतना र नेतृत्व विकास लगायतका १६ वटा कार्यक्रम संचालन गर्ने उल्लेख छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य विष्णुमाया जैसवाल, सियारी-४ का वडा अध्यक्ष श्रीराम यादव, कार्यपालिका सदस्य अन्जु रोकाहा, गौतम बुद्ध सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष प्रेमनारायण चौधरी, वीरेन्द्र माध्यमिक विद्यालयका अध्यक्ष चन्द्रकान्त शर्मा, संस्थाका परिचालक दुर्गा तिवारी लगायतले विचार राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology