Logo

२०८३, आश्विन १०गते


images
images

विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट

विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट

images
  • विश्व कराते च्याम्पियनसिपमा मनिष कार्की र दावा शेर्पा छनोट
    images
    images

    काठमाडौं । मनिष कार्की र दावा शेर्पा चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिपका लागि  छनोट भएका छन् ।

    images
    images
    images

    नेपाल क्योकुसिन कराते आइकेओ संघले मंगलबार एक दिने छनोट प्रतियोगिता आयोजना गरेको थियो । पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनिष छनोट भए । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे ।

    images
    images
    images

    पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता अर्को वर्षको फेब्रुअरी २२ देखि २५ सम्म जापानमा हुनेछ ।

    images
    images
    images

    छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती थिए ।

    खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।