Logo

२०८३, श्रावण २७गते


images
images

शिवालय सामुदायिक वनमा वार्षिक कार्ययोजना गोष्ठी

शिवालय सामुदायिक वनमा वार्षिक कार्ययोजना गोष्ठी

images
  • शिवालय सामुदायिक वनमा वार्षिक कार्ययोजना गोष्ठी
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा अवस्थित शिवालय सामुदायिक वनले वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ । बुधबार सम्पन्न गोष्ठीले आर्थिक वर्ष  ०८१/०८२ को  अनुमानित बजेट सहितका कार्यक्रम तय गरेको वनका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । 

    images
    images
    images

    वनको कार्यालय परिसरमा आयोजित गोष्ठीमा अध्यक्ष पौडेलले ५१ लाख बढीको अनुमानित वार्षिक वजेट प्रस्तुत गरे । जसमा काठ-दाउरा विक्री, सदस्यता नवीकरण तथा अनुदान समेत गरि ५१ लाख पाँच हजार ५०० रुपैंयाँ आम्दानी हुने उल्लेख छ, भने वन विकास, प्रशासनिक खर्च, सामाजिक उत्तरदायित्व र भवन निर्माण लगायतको शिर्षकमा रकम खर्च हुने जनाइएको छ । 

    images
    images
    images

    वनका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, सल्लाहाकार र लेखा समिति सहितको गोष्ठीमा सल्लाहकारहरू वासुदेव रिमाल, खेमनारायण अधिकारी, दामोदर क्षेत्री लगायतले विचार व्यक्त गरेका थिए । 

    images
    images
    images

    देवदह नगरपालिकाको वडा नं ५, ६ र ७ मा फैलिएको शिवालय सामुदायिक वनले पुष ३ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । 

    यसअघि टोल विकास संस्थाहरूसँग अन्तरक्रिया समेत गरेको शिवालय वनले सबैको समन्वयमा वन संरक्षण, विकास र समाजिक उत्तरदायित्वका कार्यक्रमलाई अघि बढाउने प्रयत्न गर्दै आएको जनाएको छ । 

    शिवालय सामुदायिक वनले यस क्षेत्रमै पहिलोपटक जैविक विविधता पार्क निर्माण गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।