बुटवल । नेपाल मगर विद्यार्थी संघ रुपन्देहीको १६ औं अधिबेशन बुटवल स्थित अमर भवनमा सम्पन्न भएको छ। "सम्पुर्ण मगर विद्यार्थीहरु एक हौं, शैक्षिक जागरण फैलाऔं" भन्ने नारा सहित भएको अधिबेशनले राजेश सिंजालीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ।
अधिबेशनबाट उपाध्यक्षमा विशाल गाहा मगर, सचिवमा टेक राना मगर, सह सचिवमा अमृत राना मगर र कोषाध्यक्षमा शिवानी थापा मगर चयन भएका छन् ।
अधिबेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्ययक्ष चित्र पुलामी मगरले आफ्नो भाषा, कला, संस्कृति र पहिचानको मुद्धालाई बलियो बनाउन अध्ययन आवश्यक पर्ने बताए । उनले औपचारिक शिक्षा बाहेक नेपालको इतिहासमा मगर जातीको भूमिका, संघर्ष र योगदानबारे अध्ययन गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रमम नेपाल मगर संघ रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बाह्रघरे, नेपाल मगर युवा संघका अध्यक्ष हेमन्त बुढाथोकी, नेपाल मगर संघ बुटवलका अध्यक्ष बसन्ती साठीघरे, नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषदका सल्लाहकार शंकर गाहा, युवा नेता डि.वी थापा लगायतले बोल्दै मगर युवा विद्यार्थीहरु शैक्षिक र राजनैतिक रुपमा सचेत र कुटनैतिक रुपमा अव्वल बन्नुपर्ने बताए ।
रमेश सारु मगरको अध्यक्षता, राजेश सिंजाली मगरको संचालन र सहसचिव टेक रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology