Logo

२०८३, आश्विन १०गते


images
images

क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ

क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ

images
  • क्यानडामा खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
    images
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ।

    images
    images
    images

    क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेको हो । 

    images
    images
    images

    क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

    images
    images
    images

    बिदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीको प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो आउने विचार राखे । 

    त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुई महिना देश बाहिर रहने भएको छ । नेपालले लिग-२ को सिरिजपछि क्यानडासँग टी-२०सिरिज हुने भएको छ । क्यानडापछि नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका पनि जाने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।