देवदह । नेपाल कम्यूनिष्ट पार्टी (एमाले ) देवदह–५ शाखा कमिटीले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य दयाराम बस्यालले नेपाल सांस्कृतिक रुपमा धनी रहेको बताउदै चाडपर्वलाई भड्किलो नभई संस्कृति संरक्षण गर्ने गरी मनाउनु पर्नेमा जोड दिए । पछिल्लो समय चाडपर्वको नाममा विकृति विसंगति बढिरहेको बताउदै विकृति विसंगति अन्त्य गर्नको लागि सवैले भूमिका निभाउनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य एवं देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, पार्टीका जिल्ला कमिटी सदस्य प्रकाश अर्याल, नगर कमिटीका उपाध्यक्ष कोषबहादुर गुरुङ्ग, सचिव गणेश डुम्रे, उपसचिव अञ्जु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पार्टी शाखा कमिटीका अध्यक्ष चक्रपाणी न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष गुनबहादुर रानाको स्वागत र सचिव अर्जुन गुरुङ्गको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology