Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज भदौ ८ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज भदौ ८ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज भदौ ८ गते मंगलबार, श्री गणेशजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ भदौ ८ गते मंगलबार । तदनुसार २४ अगस्ट २०२१ । श्री गणेश जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको पंचाङ्ग : 

    images
    images
    images

    वि.सं. भदौ ०८, २०७८ । ई.सं. 24 Aug, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलागा । दक्षिणायन । वर्षा । मंगलवार । भाद्र कृष्णपक्ष । तिथि - द्वितीया , १६:१७ बजे उप्रान्त तृतीया । नक्षत्र - पूर्वभाद्रपदा , २१:०८ बजे उप्रान्त उत्तरभाद्रपदा । योग - सुकर्मा , ९:१३ बजे उप्रान्त धृति । करण - गर १६:१७ बजेदेखि वव , २८:२२ बजे उप्रान्त वालव । चन्द्रराशि - कुम्भ । आनन्दादि योग - काण । दिनमान ३२।११ । सूर्योदय ५:३९ । सूर्यास्त १८:३१ । पञ्चक, रोपाईयात्रा, दथुसाय यलमतया: त्रिपुष्कर १६:१७ प । 

    images
    images
    images

    आजको राशिफल : 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । धन क्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । विद्यार्थीहरुका लागि आजको दिन शुभ रहेको छ । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखा पर्नेछ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    यान तथा बाहनबाट सुख मिल्नेछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । विपरीत लिंगीका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    आफन्त तथा भाइवन्धुहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नेछ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाइदा हुनेछ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खान-पानमा ख्याल गर्नुहोला । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    रोगबाट छुट्कारा मिल्नेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।