Logo

२०८३, श्रावण २७गते


images
images

कास्की र स्याङ्जामा लाटोकोसेरोका लागि गुँड बनाइने

कास्की र स्याङ्जामा लाटोकोसेरोका लागि गुँड बनाइने

images
  • कास्की र स्याङ्जामा लाटोकोसेरोका लागि गुँड बनाइने
    images
    images

    राजेश पराजुली, पोखरा । लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यका साथ कास्की र स्याङ्जामा एक सय वटा गुँड बनाइने भएका छन् ।

    images
    images
    images

    प्रकृतिका साथीहरू संस्थाको सक्रियतामा स्याङ्जामा १० र कास्कीमा ९० वटा गुँड बनाउन लागिएको निर्देशक राजु आचार्यले जानकारी दिए ।

    images
    images
    images

    “विगतमा पोखरा र आसपासका क्षेत्रमा रहेका पुराना घरमा लाटोकोसेरोका गुँडहरू पाइन्छ तर हाल बासस्थानको समस्या परेको छ”, उनले भने, “बासस्थानलाई सहज बनाउने उद्देश्यका साथ लाटोकोसेरोहरू रहेका स्थान पहिचान गरी गुँड बनाउने तयारी गरेका हौँ ।”

    images
    images
    images

    गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणका लागि संरक्षणदूत छनोट गरिसकिएको र उनीहरूसँगको समन्वयमा आगामी तीन साताभित्र गुँड राख्ने तयारी गरिएको निर्देशक आचार्यले बताए ।

    यहाँ पहिलोपटक छजना संरक्षणदूत छनोट गरी संरक्षण अभियान अघि बढाइएको छ । उनीहरूले बुढा रूखको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्ने, स्थानीय विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गर्ने, लाटोकोसेरो संरक्षणका लागि कृत्रिम गुँड वितरण, चोरी-सिकारी नियन्त्रणका साथै सरोकार भएकाहरूको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्नेछन् ।

    लाटोकोसेरो संरक्षणदूतका रूपमा केशव सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुङ्गाना, ज्योति शर्मा र दीपा गुरुङले एक वर्षसम्म स्वयंसेवकका रूपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जनाइएको छ । यसअघि उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत सम्पन्न भइसकेको छ ।

    संस्थाका निर्देशक एवं संरक्षणविद् राजु आचार्यले हालै हरित क्षेत्रको ओस्कार मानिने ‘ह्विट्ली’ संरक्षण पुरस्कार प्राप्त गरेकामा सोही पुरस्कारको रकमबाट लाटोकोसेरो संरक्षण अभियानसँगै गुँड निर्माणलगायत कार्यक्रम गर्न थालिएको संरक्षणदूत बालकुमार गुरुङले जानकारी दिए । उनका अनुसार गुँड राख्नका लागि स्थान पहिचानको काम सुरू भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाटोकोसेरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।