Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै

पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै

images
  • पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै
    images
    images

    राजेश पराजुली, पोखरा । हरेक वर्ष आयोजना हुँदैं आएको मिस मगरको प्रशिक्षण पोखरामा सुरु भएको छ ।

    images
    images
    images

    एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदैं आएको मिस मगर २०२४ को प्रशिक्षण सुरु भएको कार्यक्रमका टिम संयोजक पियंका गर्बुजाले  जानकारी दिइन् ।

    images
    images
    images

    उनका अनुसार साताौ संस्करणमा देशका विभिन्न जिल्लाबाट अन्तिम प्रतिस्पर्धाका लागि १२ जना छनौट भएका छन् ।

    images
    images
    images

    अहिले प्रारम्भिक चरणमा मातृभाषा (मगर ढुट) को प्रशिक्षण भइरहेको उनले बताए । उनका अनुसार कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका रुद्र श्रीसमगले मगर ढुटको प्रशिक्षण दिइरहेका छन् ।

    मिस मगरका प्रतिस्पर्धीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास लगायतका विभिन्न तालिमहरु पनि प्रदान हुँदैं आएको आयोजकले जनाएको छ ।

    यसअधि सम्पन्न भएको छैटौं संस्करणमा तनहुँकी विनु थापामगरले मिस मगरको ताज जितेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिस मगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।