Logo

२०८३, आश्विन १०गते


images
images

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षरोपण

विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षरोपण

images
  • विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षरोपण
    images
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरू मार्फत मङ्गलबार वृक्षरोपण गरेको छ ।

    images
    images
    images

    प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन् 

    images
    images
    images

    कार्यालयहरुले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका फलफूल तथा अन्य प्रजातिका विरुवा रोपेको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

    प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् ।

    अब्बा, आँप, सुन्तला, हलुवावेद, वेलपत्रलगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएका छन् ।

    कार्यक्रममा मन्त्री दीपक खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणले वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षति न्यूनीकरणका लागि वृक्षरोपण महत्वपूर्ण कार्यक्रम भएको बताए ।

    सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत् निर्माणमा हाल बेहोरिहेका बाधाअवरोध हटाउन कानुन संसोधनलगायत काममा गर्न क्रियाशील रहने बताए ।

    कार्यकारी निर्देशक घिसिङले जलविद्युत् र प्रसारण लाइन आयोजनाहरू निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्तिबापत र रुख काट्ने मात्र हैन रोप्छौं भन्ने सन्देश दिन प्राधिकरण आफैंले पनि वृक्षरोपण सुरु गरेको बताए ।

    घिसिङले नेपालका जलविद्युत् आयोजनाहरूबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशमा निर्यात गर्न सफलता मिलिरहेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत् प्राधिकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।