Logo

२०८३, कार्तिक २५गते


images
images

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
    images

    बागलुङ । पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अवरुद्ध भएको छ ।  मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिरोले बागलुङ खण्ड अवरुद्ध भएको हो । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

    images
    images
    images

    भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

    images
    images
    images

    उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेको बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

    images
    images

    यस्तै, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिरोका कारण चार दिनयता सवारी आवागमन अवरुद्ध भएको छ ।

    सडकको ‘ट्रयाक’ नै पहिरोले बगाएपछि करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो ।

    जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपहाडी लोकमार्ग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।