Logo

२०८३, आश्विन ९गते


images
images

बुटवल र सुनवलका संस्थालाई देवदहको बजेट !

बुटवल र सुनवलका संस्थालाई देवदहको बजेट !

images
  • सेतोमसी सहकर्मी
  • बुटवल र सुनवलका संस्थालाई देवदहको बजेट !
    images
    images

    देवदह । देवदह नगरपालिकाले बिनियोजन गरेको बजेटमा सुनवल र बुटवलका लागि समेत रकम छुट्याएको पाइएको छ । डेढ अर्व बढीको बजेट सार्बजनिक गरेको देवदहले नगर स्तरीय योजनामा सुृनवल र बुटवलका लागि रकम छुट्याएको पाईएको हो ।

    images
    images
    images

    आर्थिक बर्ष २०८१/०८२ मा बिनियोजीत बजेट अन्तर्गत सुनवल-४ मा बिर गोर्खा सहिद स्मारक पार्कको भौतिक पुर्वाधार निर्माण गर्न ५ लाख रुपैंया छुट्याइएको छ । यसैगरि उच्च अदालत बुटवल इजलास र इलाका प्रशासन कार्यालय बुटवललाई नगरस्तरीय बजेटबाटै १/१ लाख रुपैंया अनुदान रकम बिनियोजन गरिएको छ । 

    images
    images
    images

    आन्तरिक आम्दानीको श्रोत अत्यन्तै न्युन र अधिकांश श्रोत प्रदेश र संघलाई आधार मानेर तयार पारिएको बजेटमा नगर बाहिर समेत बजेट छरिनुलाई नगरपालिकाले आफ्नो क्षेत्राधिकारबारे ख्याल नगरेको जानकारहरु बताउँछन् । 
    यसअघि महालेखा परिक्षकको प्रतिवेदनमा नगरपालिकाले क्षेत्राधिकार बाहिर गएर लगानी गरेको उल्लेख छ । देवदहमै रहेको देवदह आदर्श बहुमुखी क्याम्पस र देवदह प्रहरी चौकीको लागि छुट्याइएको रकम महालेखाले बेरुजु देखाएको हो । 

    images
    images
    images

    सोमबार सम्पन्न देवदहको १४ औं नगरसभाको दोस्रो बैठकमा १ अर्व ५० करोड १० लाख  ६५ हजार पाँच सय रूपैयाँको बजेट प्रस्तुत गरिएको छ । विनियोजित बजेटमा आ.व. ०८१/८२ मा  २५ करोड ४६ लाख ८८ हजार ५ सय रुपैंया आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।  

    संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८ सय ४० रुपैंया राजश्व वाडफाड मार्फत आम्दानी हुने बजेटमा अनुमान गरिएको छ । जसमा संघीय सरकारबाट विभिन्न शिर्षकमा ४० करोड बढी  र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदहको बजेट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।