देवदह । देवदहस्थित एशियन लाईट स्कूलमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । साप्ताहिक शुक्रबारे कार्यक्रम अनुसार शुक्रबार विद्यालयले हाजिरी जवाफ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
हाजिर जवाफ प्रतियोगितामा ब्राभो समूहका विद्यार्थी हन्सराज यादव, दिव्या आले, विवश पौडेल, पेलिस चर्ती थापा प्रथम भएका छन् ।
कार्यक्रममा विद्यालयका अध्यक्ष, प्रबन्ध निर्देशक, प्रचार्य, अतिरिक्त क्रियाकलाप संयोजक लगायतको उपस्थिति रहेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology