Logo

२०८३, आश्विन १०गते


images
images

अपराध

एकैरातमा देवदहका चार सहकारीमा चोरी, सिसिटिभीको हार्डडिस्क समेत लगे

एकैरातमा देवदहका चार सहकारीमा चोरी, सिसिटिभीको हार्डडिस्क समेत लगे

images
  • एकैरातमा देवदहका चार सहकारीमा चोरी, सिसिटिभीको हार्डडिस्क समेत लगे
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा एकैरात चार वटा सहकारीमा चोरी भएको छ । देवदह-६ मा अवस्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी, साना किसान कृषि सहकारी, सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । 

    images
    images
    images

    उल्लेखित सहकारीमध्ये राधाकृष्ण दुग्ध उत्पादक सहकारीबाट २४-२५ हजार चोरी भएको र अन्य सहकारीमा ताल्चा फोडिएको पाईएको देवदह प्रहरी चौकीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए । बुधबार राति ११:३० देखि १२ बजेको बीचमा चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

    images
    images
    images

    सानाकिसान कृषि सहकारी संस्थाको गेटको ताल्चा फोडिएको र सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको भएपनि बचतकर्ताको रकम सबै सुरक्षित रहेको अध्यक्ष टिका गौतमले बताएकी छन् । 

    images
    images
    images

    साना किसान कृषि सहकारीसहित सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको प्रहरीले जनाएको छ । 

    प्राप्त सिसिटिभी फुटेजमा चार जना युवा चोरी कार्यमा संलग्न भएको देखिएपनि संलग्नहरूको पहिचान नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।