महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामर्थ्य निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए । महासचिव पोखरेलले एमालेमाथि यतिबेला सबैले प्रहार र निशाना बनाउन थालेको आरोप लगाए ।
पार्टी प्रशिक्षण कार्यक्रममा उनले प्रशिक्षण राजनीतिक र सैद्धान्तिक विषयमा मात्र नभई अब विकास र राजनीतिका प्रश्नमा पनि अगुवा बनेर आफूलाई प्रस्तुत गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरे । उनले विकास गाउँतिर उकालो लाग्दै गर्दा नागरिक तलतिर झर्ने क्रम बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न एमालेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापा, रचना खड्का, दिनेश पन्थी, नेता राजेन्द्र अर्याललगायतका नेताको सहभागिता रहेको जिल्ला अध्यक्ष वालसिंङ काउछाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology