Logo

२०८३, आश्विन १०गते


images
images

संगिनी सहकारीको अध्यक्षमा खडाल निर्वाचित

संगिनी सहकारीको अध्यक्षमा खडाल निर्वाचित

images
  • संगिनी सहकारीको अध्यक्षमा खडाल निर्वाचित
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ शिवालय टोलमा अवस्थित संगिनी महिला बचत तथा ऋण सहकारी संस्थाको पाँचौ अधिवेशनले अध्यक्षमा ज्ञान कुमारी खडाललाई निर्वाचित गरेको छ । शनिबार सम्पन्न संस्थाको पाँचौ अधिवेशन तथा ११औँ  वार्षिक साधारण सभाले खडालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

    images
    images
    images

    जसको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा ओमिसरा सारु, कोषाध्यक्ष देवकला अधिकारी रहेका छन भने सदस्यमा विष्णुमाया कार्की, विष्णु सुनार, नारायणी क्षेत्री, टिनादेवी पंगेनी, सरिता थिङ्ग रहेका छन । 

    images
    images
    images

    सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजकमा दिलमाया आले तथा सदस्यमा भावना सुनार र देवी क्षेत्री निर्वाचन भएका छन ।

    images
    images
    images

    अधिवेशनको उद्घाटन सत्रमामा बोल्दै जिल्ला सहकारी संघका सदस्य तथा बहुउद्धेशीय सहकारी संघ रूपन्देहीका उपाध्यक्ष मोतिलाल ढकालले सहकारीका सिद्धान्तमा टेकेर संचालनमा आएका सहकारीले उद्धेश्य अनुसार काम गरिरहेको भएपनि केही सहकारीमा देखिएका समस्याले सिंगो सहकारी क्षेत्र प्रभावित भएको बताए । उत्पादनसंग जोडिएर संस्था र आफ्ना सदस्यको हितको लागि इमान्दार ढंगले काम गरिरहेका सहकारीले निरन्तर प्रगति गर्ने र त्यसले संस्था र समाजलाई राम्रो प्रतिफल दिने उनको भनाई छ ।    

    कार्यक्रममा अध्यक्ष अमृता सुनारको वाषिर्क प्रतिवेदन, संस्थाकी सचिब ओमिसरा सारुले सचिवको प्रतिवेदन, कोषाध्यक्ष देवकला अधिकारीको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी सुनारको लेखा प्रतिवेदन सर्वसम्मत पारित भएको छ । 

    कार्यक्रममा स्थानिय राजनीतिकर्मीहरू वासुदेव रिमाल, खेमनारायण अधिकारी लगायतले बोलेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।