देवदह । रुपन्देहीको देवदह -८ विशालनगरमा अवस्थित गोधुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रमेशचन्द्र गैरे चयन भएका छन् । संस्थाको प्रथम अधिबेशन तथा चौंथो बार्षिक साधारण सभाले गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो.।
जसको उपाध्यक्षमा दिपा कुवर क्षेत्री, सचिवमा वाल्मिकि पराजुली, कोषाध्यक्षमा गँगा बहादुर थापा रहेका छन् भने सदस्यहरूमा चन्द्रकान्त रेग्मी, विनोद जिसी, लक्ष्मी क्षेत्री, लिला न्यौपाने, ललिता दंगोरिया निर्वाचित भएका छन् ।
साधारणसभाको अवसरमा शुभकामना व्यक्त गर्दै वडा नम्बर ८ का वडा अध्यक्ष हरि पाण्डेले सहकारीमा जोडिएका सदस्य असल ऋणि भएनन् भने सहकारी पारदर्शी नहुने बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष पाण्डेले अहिलेको अवस्थामा सहकारीको संचालक समितिले विशेष ध्यान नदिए सहकारी नै बन्द हुने र समाजमा सबै दोष समितिलाई जाने भन्दै सहकारी संचालक समिति चनाखो हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विजयरत्न पराजुली, धर्मराज पौडेल र हिरालाल धामी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम रमेशचन्द्र गैरेको अध्यक्षता, उपाध्यक्ष तेज बहादुर कुवर क्षेत्रीको स्वागत र सचिव वाल्मीकी पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology