Logo

२०८३, आश्विन १०गते


images
images

 भारतसंगको विद्युत सम्झौताले समृद्धिको ढोका खोलेको छः मैत्री केन्द्र

 भारतसंगको विद्युत सम्झौताले समृद्धिको ढोका खोलेको छः मैत्री केन्द्र

images
  •  भारतसंगको विद्युत सम्झौताले समृद्धिको ढोका खोलेको छः मैत्री केन्द्र
    images
    images

    भैरहवा । हालै नेपाल–भारतबीच भएको चारबुँदे सम्झौताको स्वागत गरिएको छ । नेपाल–भारत मैत्री केन्द्र, रुपन्देहीले शनिबार विज्ञप्ती निकालेर दुई देशबीच भएको सम्झौताले नेपालको आर्थिक एवं प्रविधिको विकासमा कोशेढुंगा सावित हुने जनाइएको छ । केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालद्वारा जारी विज्ञप्तीमा भारतसँग गरिएको विद्युत ब्यापार सम्झौताले नेपालको समृद्धिको ढोका खोलेको उल्लेख गरिएको छ ।

    images
    images
    images

    ‘नेपाल जलस्रोतको धनी देश हो, १० वर्षमा १० हजार मेघावाट विद्युत् खरिद गर्ने गरी भारतले नेपालसँग सम्झौता गर्नु नै मुलुकको समृद्धिको ढोका खोलिनु हो’, अग्रवालले जारी गरेको विज्ञप्तीमा भनिएको, ‘अब नेपालले जतिसक्दो धेरै विद्युत् उत्पादनमा ध्यान दिनुपर्छ । यसका लागि सरकारले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ ।’ मुलुकको विकासका लागि एउटा असल छिमेकीले निभाउनु पर्ने दायित्व भारतले विगतदेखि नै निर्वाह गर्दै आएको अग्रवालले जनाएका छन् ।

    images
    images
    images

    भारतीय विदेश मन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा बिहीबार मात्रै नेपालसँग चारबुँदे सम्झौता भएको थियो । चारवटै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको केन्द्रले जनाएको छ । ‘नेपाल सरकारसँगको समन्वयमा भारतीय दुताबास मार्फत् २० करोड रुपैयाँसम्मका योजनामा खर्च गर्न पाउने गरी भएको सम्झौताको प्रावधान अझै सह्रानीय छ’, अग्रवालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसले कुनाकाप्चा र दुरदराजमा भारतीय सहयोग पुग्नेछ । धेरै नेपालीले यसबाट लाभ उठाउने छन् ।’

    images
    images
    images

    विज्ञप्तीमा यदाकदा दुई देशबीच भएको सम्झौताको विरोध भइरहेको जनाउँदै सकारात्मक, राम्रो र मुलुकको फाइदा हुने कार्यमा गरिएको सम्झौताको विरोध गर्नुभन्दा भारतसँग सहकार्य गरी धेरैभन्दा धेरै लाभ उठाउन आग्रह गरिएको छ । 

    ‘विरोधका लागि विरोध भन्दा राम्रा कामको प्रशंसा गर्नसक्नुपर्छ, जुन हिसाबले भारतले विगतदेखि नै नेपालको शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान र पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ, यो आफैमा महत्वपूर्ण र प्रशंसायोग्य छ । यसले अन्ततः नेपालको विकासमा नै योगदान दिइरहेको विर्सन हुँदैन ।’

    भारतीय विशेमन्त्री जयशंकरको भ्रमणका क्रममा स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सम्झौता पनि भएको थियो । ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनु अझै महत्वपूर्ण छ’, विज्ञप्तीमा भनिएको छ, ‘नेपाले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने विषय विश्वमा भइरहेको प्रविधि र विज्ञानको विकासमा नेपाल थप एक खुड्किलो माथि उठ्नु हो ।’ 

    यस्तै, भूकम्पपछिको पुनः निर्माणका लागि १ खर्ब अनुदान सहयोग गर्नेबारे भारतले गरेको घोषणाले धेरै नेपालीहरुलाई राहत मिलेको उल्लेख गरिएको छ । ‘पटक–पटक गएको भूकम्पले विभिन्न ठाउँमा हाम्रो मुलुकले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोरीरहेको छ, यस्तोबेला भारतको सहयोगले भौतिक संरचना निर्माण र क्षति पुगेका घरहरु बनाउन ठूलो सहयोग हुनेछ । यस्ता महत्वपूर्ण योजनाहरुमा भएको सम्झौताको विरोध होइन, मुक्तकण्ठले सबै नेपालीले स्वागत गर्नुपर्छ’, विज्ञप्तीमा भनिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।