रूपन्देही । रूपन्देहीकाे सियारी-६, लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृहले पालिका र जिल्लास्तरका अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा हासिल विद्यालयले दावी गरेको छ । रूपन्देहीमा सञ्चालित राष्ट्रपति कप लगातार ३ पटक जिती रनिङ शिल्ड नै सदाकाे लागि आफ्नाे पाेल्टामा विद्यालय सफल भएको र विद्यालयीय साहित्यतर्फ पनि उत्कृष्टताकाे प्रतीक बनेकाे विद्यालयका प्राचार्य कविराज पौडेलले बताए ।
यस विद्यालयका विद्यार्थीहरूले हालसालै सम्पन्न पालिका, जिल्ला तथा प्रदेशस्तरीय लाेकनृत्य प्रतियोगितामा प्रथम, द्वतीय र तृतीय स्थान हासिल गरेको र अघिल्लाे महिनामा रेडक्रसद्वारा आयाेजित पालिका र जिल्लास्तरीय कविता प्रतियाेगितामा कक्षा-१० की मुना क्षेत्री र प्रिन्सु पाैडेल प्रथम भएको विद्यालय जनाएको छ । लुम्बिनी एक्स्पाे- २०८० अन्तर्राष्ट्रिय व्यापार मेलाकाे अवसरमा आयाेजित जिल्लास्तरीय वादविवाद प्रतियाेगितामा यसै संस्थाकी प्रिन्सु पाैडेलले द्वितीय स्थान प्राप्त गरेकी छन् ।
त्यसैगरी मंगलबार बुटवलमा सम्पन्न राष्ट्रिय युगकवि भूपि शेरचनकाे ८८ ओैँ जन्मजयन्तीकाे अवसरमा आयाेजित जिल्लास्तरीय कविता प्रतियोगितामा मीमांसा बस्यालले प्रथम हुन सफल भएकी छन्। भूपिकै ८७ ओैँ जन्मजयन्तीमा आयाेजित कविता प्रतियोगितामा गत साल पनि यसै संस्थाकी प्रिन्सु पाैडेल प्रथम भएकी थिइन्।
"यस संस्था शैक्षिक क्षेत्रमासमेत गुणस्तरीय शिक्षा र शैक्षिक विकासका कारणले उत्कृष्टताकाे प्रतीक बनेकाे छ" उनले भने, "झण्डै १४ बिघामा फैलिएकाे याे संस्था हरियाली वातावरणमा अवस्थित छ। पर्याप्त भाैतिक पूर्वाधार र फराकिलाे क्षेत्रफल, अङ्ग्रेजी भाषा विकासका लागि बेलाबेलामा विदेशी प्रशिक्षकद्वारासमेत विद्यार्थीहरूलाई प्रशिक्षण गराइन्छ ।" विद्यालयकाे आफ्नै फुटबल मैदान, स्मार्ट कक्षाहरूकाे सञ्चालन, म्युजिक र नृत्य कक्षाहरूका साथै साहित्यिक कृयाकलापहरूका कारणले धेरै अभिभावकहरूकाे राेजाइकाे केन्द्र बन्दै आइरहेकाे उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology