images

गुल्मी मालिकामा स्वास्थ्य शिबिर सम्पन्न, ३ सय भन्दा बढिले लिए नि:शुल्क सेवा

गुल्मी मालिकामा स्वास्थ्य शिबिर सम्पन्न, ३ सय भन्दा बढिले लिए नि:शुल्क सेवा

images
  • 4.3K
    SHARES
  • images
    गुल्मी मालिकामा स्वास्थ्य शिबिर सम्पन्न, ३ सय भन्दा बढिले लिए नि:शुल्क सेवा

    २५ चैत्र, गुल्मी । गाउँपालिका गुल्मीको आयोजनामा निशुल्क महिला रोग सम्बन्धि  स्वास्थ्य शिविर  आज एक कार्यक्रमको बिच समपन्न भएको छ । यहि चैत्र २३ गतेदेखि सुरु भएको शिविरको आज औपचारिक कार्यक्रमको साथ समापन भएको हो ।

    images

    महिलाहरुको स्वास्थलाई मध्यनजर गर्दै  पाठेघर खसेका महिलाहरूको उपचार ,पाठेघरको मुखको क्यान्सरकाे परिक्षण  जस्ता रोगको उपचार गरिएको मालिका गाउपालिका वाड न ६ का वडाध्यक्ष शोभाखर गिरिले बताए । 

    कार्यक्रमको पहिलो दिन २३ गते मालिका गाउँपालिका वाड न २ मा रहेको च्यानडाडा सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्य शिबिर सन्चालन गरिएको थियो ।

    त्यस्तै २४ गते छापा सामुदायिक  स्वास्थ्य इकाइमा शिविर सञ्चालन  गरिएको र आज अन्तिम दिन कुमलगाउँ  सामुदायिक स्वास्थ्य इकाई मालिका ६ अर्जैमा सञ्चालन भएको वडाध्यक्ष गिरिले बताए  ।अहिलेसम्म यो शिबिरबाट ३१० जना महिलाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

    कुमाल समुदायको बस्ती रहेको र चेतना स्तर कमजोर रहेकाले स्वास्थ्यको पहुचबाट टाढा परेको कारणले सहि स्थानमा कार्यक्रम गरेको कार्यक्रमका प्रमुख अतिथि  एवम्  गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए  ।

    कार्यक्रममा मालिका गाउँपालिका वडा न ६ का अध्यक्ष शोभाखर गिरिको अध्यक्षता, गाउँपालिका प्रमुख रित बहादुर थापाको प्रमुख आतिथ्यता , मालिका गाउँपालिका वडा न ७ का अध्यक्ष बेद प्रसाद पन्थी, मालिका गाउँपालिका का स्वास्थ्य शाखा  प्रमुख वसन्तराज  भुषाल, डा .राजन वलियाको आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # मौसम

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com