काठमाडौं, पुस ५ । केपी शर्मा ओलीले विघटन गरेको संसद लाई सर्बोच्चले पुनर्स्थापना गरे संगै पुनर्स्थापनाको खुसीयालीमा जनता समाजवादी पार्टी – जसपाको केन्द्रिय निर्णय अनुसार देेशका विभिन्न स्थानमा दिप प्रज्ज्वलन लगायतका कार्यक्रमहरु भैरहेका छन ।
जसपाका संघीय अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जो स्वास्थ्य उपचारार्थ दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका छन । उनले संसद विघटनलाई सर्बोच्चले बदर गरिदिएको खबरले आफूले रोग नै बिर्सीएको भाव सहितको बिचार ट्विटर मार्फत सार्वजनिक गरेका थिए ।
देशैभरी दीप प्रज्ज्वलन गर्ने पार्टीको निर्णय बमोजिम रुपन्देहीको बुटवल र आसपासका नगरहरुमा समेत दीप प्रज्ज्वलन गरि खुसियाली मनाइएको जसपाका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्य सचीव यज्ञ पोखरेलले सेतोमसीलाइ जानकारी गराए । # संसद पुनर्स्थापनाको खुसीयालीमा जसपाको #
फेसबुक देखि प्रतिक्रिया दिनुहोस