देवदह, ११ फाल्गुन । पुस ५ केपी शर्मा ओलीले विघटन गरेको संसदलाई सर्बोच्चले पुनर्स्थापना गरे संगै संसद पुनर्स्थापनाको खुसीयालीमा देशका विभिन्न स्थानमा दिप प्रज्ज्वलन लगायतका कार्यक्रमहरु भैरहेका छन । यसैक्रममा रुपन्देहीको देवदहमा पनि संसद पुनर्स्थापनाको खुसियालीमा दिप प्रज्ज्वल गरिएको छ । देवदहको खैरेनी चोकमा नेकपा प्रचण्ड-नेपाल समूहले दिप प्रज्ज्वलन गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै वरिष्ठ अधिबक्ता एवं नेकपा प्रचण्ड-नेपाल समूहका नेता लिलाधर मरासिनीले संसद पुनर्स्थापनाले जनताको जीत भएको बताए । प्रतिगमन कहिल्यै पनि लामो समय टिक्न नसक्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीको दुस्साहस असफल भएको बताए ।
कार्यक्रममा नेकपाका नेताहरु गोबिन्द पंगेनी, सिद्दिचरण भट्टराई, मोतिलाल ढकाल लगायतले आफ्नो बिचार राखेका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस