गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्नै ८७ वर्षका ससुरा नन्द कुमार ज्ञवालीकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । घटना रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी सोधपुछ गर्दा उनले नै ससुराको हत्या गरेको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।
अहिले अदालतबाट म्याद थप गरि घटनाबारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए । # गुल्मीको रिडिमा #
फेसबुक देखि प्रतिक्रिया दिनुहोस