काठमाडौंं । चर्चित गायक पुष्कल शर्मागायक पुष्कल शर्माको नयाँ गीत सार्वजनिक भएको छ । फाल्गुन ७ गते शुक्रबार सार्वजनिक भएको “के दिउँ मायालाइ चिनो” बोलको उक्त गीत युट्युब ट्रेण्डिङ्गको २० औं नम्बरमा छ ।
मन्दिर म्युजिक प्रा.लि. ले बजारमा ल्याएको उक्त गित गायक पुस्कल शर्मा र चर्चित गायीका रचना रिमालको स्वर रहेको छ ।शब्द सङ्गीत प्राय आफैले रच्ने पुस्कल शर्मा ले यो गित मा पनि आफैले शब्द, सङ्गीत दिएका छ्न ।
विशेष गरि वियोगान्त गित बढी गाउने गायक पुस्कल शर्माले कमै रुपमा यस्ता गीत गाउने गर्छन। शर्माको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो समाचार तयार पार्दा सम्म ३ लाख ६४ हजार दर्शकहरुले हेरिसकेका छ्न ।
के दिउँ मायालाइ चिनो बोलको गीतको म्युजिक भिडियोमा कलाकार आफू स्वयम् गायक पुस्कल सर्मा र अभिनेत्री अन्जली अधिकारिको बेजोड अभिनय देख्न सकिन्छ।
पाल्पाको अर्गली नजिकै जोर्तेमा स्थायी घर भएका शर्माले यस अघि चर्चित गीतहरु मुटु जलाइ जलाइ ,मुस्सुक्क हासी मोरिले, सम्झना आउला एक्दिन लगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेका छन । # गायक पुष्कल शर्माको
फेसबुक देखि प्रतिक्रिया दिनुहोस