रुपन्देही । प्रचण्ड-माधव समूह रुपन्देहीको अध्यक्षमा चर्चित युवा नेता राजु गुरुङ चयन भएका छन । प्रचण्ड-माधवकुमार नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लामा अध्यक्ष/सचिव तोक्ने क्रममा रुपन्देहीको अध्यक्षमा युवा नेता राजु गुरुङ लाई चयन गरेको हो ।
लामो समय युवा संघमा काम गरेका गुरुङ रुपन्देहीका युवाहरुमाझ चर्चित छन । मिजासिलो स्वभाव र राम्रो जनपरिचालन गर्ने क्षमता भएका गुरुङलाई जिल्लाकै नेतृत्व दिने कुराले रुपन्देहीका युवाहरुलाई प्रचण्ड-नेपाल समूहले प्राथमिकतामा राखेको बुझ्न सकिन्छ ।
यसै गरि जिल्ला सचिवमा भने हालै कायम रहेका नेता निर्मल जीसीलाइ निरन्तरता दिइएको छ । # युवा नेता राजु गुरुङ
फेसबुक देखि प्रतिक्रिया दिनुहोस