जनकपुर । नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई १ सय १ किलोको मालाले स्वागत गरिएको छ । कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम उनलाइ ओली समूहको राष्ट्रिय युवा संघले स्वागत गरेको हो ।
आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई स्वागत गर्न नेकपा केपी ओली समूहनेकपा केपी ओली समूहका युवाहरु विमानस्थल पुगेका थिए । स्वागत गरेका छन् । उक्त टोलीको नेतृत्व उपाध्यक्ष सञ्जीब झाले गरेका थिए ।
ओली समर्थित युवाहरुले बिमानस्थलमै प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावाद नारा लगाएका थिए । सपथ लिने बेला दौरा, सुरुवाल र टोपीमा सजिएका झा जनकपुरधाम झर्दा भने कुर्ता, पाइजामा र गम्छामा देखिएका थिए ।
उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल गएका थिए । उनले विशिष्ट कक्षमा झालाई स्वागत गरे ।
यसअघि तिलक परियार प्रदेश प्रमुख बनेर आएपछि मुख्यमन्त्री लालबाबु राउतसहित केही मन्त्री आफैं स्वागतका लागि विमानस्थल पुगेका थिए ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले झालाई स्वागत नगर्ने यसअघि नै बताइसकेका थिए ।
प्रदेश प्रमुखको रुपमा आएका झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । पूजापाठ पश्चात उनी आफ्नो निवास जाने कार्यक्रम रहेको छ ।
प्रदेशका प्रमुख तिलक परियारलाई पदमुक्त गरेर संघीय सरकारले गत शुक्रबार झालाई नियुक्त गरेको थियो । # नवनियुक्त प्रदेश प्रमुख राजेश झा
फेसबुक देखि प्रतिक्रिया दिनुहोस