नन्दु यादव ,फागुन ९, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ८ पिपरपातीमा अाज देखि दाेस्राे प्रतापपुर गाउपालिका स्तरिय आधारभुत खेलकुद प्रतियाेगिता आज देखि सुरु भएकाे छ ।
डम्बरबहादुर अाधारभुत बिद्यालय पिपरपातिका बिद्यालय ब्यवस्थापन समतिका अध्यक्ष प्रदिप सिह थापाकाे सभापतित्व तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदेश त्रिपाठी काे प्रमुख अतिथ्यतामा कार्यक्रम काे आज उदघाटन गरिएकाे छ ।
“स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्र काे लागि खेलकुद” भन्ने मुलनाराका साथ खेलकुद संचालन गरिएकाे प्रतापपुर गाउँपालिका शिक्षा शाखाकाे प्रमुख यादव चन्द्र बिस्ट ले जानकारी दिए । कार्यक्रममा नारद ठाकुर ,श्रवण कुमार कुशवाहा ,सत्यदेव पाण्डे ,पुर्व स्राेत ब्यक्ति दधिराम शर्मा, बिद्यालय निरिक्षक यादव चन्द्र बिस्ट, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख डाेलराज पाण्डे, प्रदेश सदस्य अजय बहादुर शाहि लगायतले मन्तब्य ब्यक्त गर्नु भयाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि माननीय मन्त्री त्रिपाठी ले खेलकुद अापसि सद्भाव बढाउने एउटा मजुबत माध्यम भएको बताए ।
खेलकुदमा कुल ४८ बिद्यालयकाे सहभागिता रहेकाे छ । हाईजम्प, लङजम्प, त्रिपल जम्प, रिले दाैड, छोटो तथा लामो दुरिकाे दाैड ,ज्याभिलिन थ्राे ,शटपुट र ब्याडमिन्टन लगायतकाे खेल सन्चालन हुने प्रतापपुर खेलकुद समितिका सचिव अभिनन्दन सिंहले जानकारी दिए ।
कार्यक्रमलाई रबिन्द्र हरिजनले सन्चालनमा सम्पन्न भएकाे थियाे । उक्त खेलकुद १२ गतेसम्म संचालन हुने बताईएकाे छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस