चैत्र २४ बुटवल - कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । एमालेमा खनाल- नेपाल समुहमा रहेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।
एमाले सरकार बाट बाहिरिए संगै मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा शाही रहेको दल माओवादी केन्द्रका १२ सांसद रहेका छन भने नेकपा एमालेका २० सांसद रहेका छन । २० सांसद रहेको नेकपा एमाले त्यहा ठुलो दल हो ।
यस अघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology