नेकपा एकठूलो पार्टी हो , सामान्य समस्या हुनु साधारण कुरा हो । त्यसो त अबिशेक खतिवडा अझै अबि नामले धेरै चिनिन्छन। नचिनिउन पनि कसरी झापा मा सानो उमेर देखि नै सक्रिय छन खतिवडा । सामाजिक काम मा लामो समय आफ्नो समय बिताएको राम्रो अनुभव छ उहाँ सग। झापा मा जन्मेका अबि झापा मा नै हुर्किएका हुन । बाल्यकाल साविकको लखनपुर गाविस हाल कमल गाउँपालिका मावलघर मा बिताएका खतिवडा अहिले भन्ने आफ्नै घर साविकको जलथल गाविस हालको हल्दिबारी मा बस्छन। सामाजिक काम सगै गित सुन्ने,लेख लेखने ,ब्याटमिट्न ,भलिबल जस्ता खेलहरु खेल्ने ,साथी भाइ भेट्ने,रमाइलो गर्न अलि धेरै रुचि राख छन। सरसफाइ अभियान , रक्तदान कार्यक्रम ,जनचेतनामूलक कार्यक्रम ,युबा नेतृत्व बिकास कार्यक्रम ,वृक्षरोपण कार्यक्रम , जस्ता रचनात्मक कार्य हरु मा खतिवडा सक्रिय छन। आज हामी उहाँ नै युबा अभियान्ता अबिषेक खतिवडा “अबि” सग समसामयिक बिषय हरु मा गफ गर्ने छौ।
स्वागत छ तपाइँ लाई ! अब हामी केही समसामयिक बिषय हरु मा गफ गर्ने छौ ?
:धन्यवाद । प्रशन अलिक नरम सोध्नु होला । उतर दिन सक्ने खालको ।
१)सामाजिक कार्यमा अति व्यस्त देखिनु हुने तपाईं लाई केही महिना देखि अलिक मौन देखिराएका छौ ,आखिर किन, के मा व्यस्त हुनुहुन्छ ?
-मानिसको सामाजिक जीवन सगै उसको व्यक्तिगत जीवन घर परिवार पनि हुन्छ । सधै समाजका लागि खटिरहेको मान्छे ,व्यक्तिगत जिबनमा व्यस्त हुँदा तेस्तो महसुस भएको हो।
२) हजुर नेकपा को कार्यकर्ता हो ? सामाजिक व्यक्ति किन पार्टीको कार्यकर्ता बन्नु भो ?
– हो म छाति खोलेर भन्छु म नेकपा को कार्यकर्ता हु । समाजसेवा र राजनीति एउटा सिक्काको दुइटा पाटा हुन । राजनीतिक गतिविधि मार्फत समाजिक काम गर्न पार्टी प्रवेश गरेको हु।
३)तपाई यो भन्दा अगाडि बिवेकशिल पार्टीको कार्यक्रममा पनि देखिनु भो, बिबेकशिल ले तपाई लाई हल्दिबारीको इन्चार्जको जिम्मेवारी पनि दिएको थियो, किन अहिले फेरि नेकपा ? नेकपा ले तेस्तो केही जिम्मेवारी दिएको छ ?
-हो मेरो राजनीति जीवन को सुरुवात बिवेकशिल पार्टी बाट नै भएको हो। मैले इन्चार्जको जिम्मेवारी पनि सम्हालेको थिए । नेकपा प्रवेश पनि मैले आफ्नै इच्छा ले गरेको हु । राजनीति मा अन्जान मा काहीं कतै अल्मलिनु सोभाविक हो । काम गर्न लाई जिम्मेवारी चाहिदैन ,आफू जिम्मेवार बन्नु पर्ने रहे छ जिम्मेवारी प्राप्त गर्न समय लाग्दैन, नेकपा बाट तेस्तो जिम्मेवारी प्राप्त भएको छैन ।
४)हालको गुटगत राजनीतिको बिषयमा के भन्नू हुन्छ ? तपाई केपि ओलि गुट कि माधव-प्रचण्ड ?
– तपाईं ले यो प्रशन सोध्नु हुन्छ भन्ने कुरा याकिन थियो मलाइ । नेकपा एक ठूलो मात्र होइन महा ठूलो पार्टी हो ।ठूलो पार्टी मा सामान्य समस्या हुनु साधारण कुरा हो।गुटगत राजनीति भनेको समस्या हो । समस्या सगै समाधान पनि आउँ छ । धैर्य गर्नु पर्छ सत्यको जित अवस्य हुन्छ । म सर्य चिन्ह केपि ओलिको चुनाव चिन्ह हो भन्ने बुझ छु । बाकी गुटगत राजनीतिको बिषय मलाइ नसोध्नु होला।
५) सरसफाइ अभियान , छाड्नु भयो नि किन ? तपाईंको स्थानीय सरकार सरसफाइको बिषयमा कतिको जिम्मेवार भएको महसुस गर्नु भएको छ ?
-सरसफाइ कार्यक्रम तथा अभियानहरु छाडेको नभन्नु होला, रोकिएको हो । कोभिड-१९ को महामारी ले संसार ग्रसित भए पछी हामिले रोकेका हौ। म झन्डै २०६९ साल देखि निरन्तर सरसफाइ कार्यक्रम र अभियान हरु मा छु , अझै हुन्छु ।झापाको बिर्तामोड ,हल्दिबारी,भद्रपुर ,अर्जुनधारा सगै देशका विभिन्न भागमा सरसफाइ कार्यक्रम तथा अभियान हरु भइ रहेका छन। स्थानिय सरकार पनि सरसफाइको बिषय मा जिम्मेवार नै छ ।उहाँ हरु ले” clean haldibari through gym” नामक कार्यक्रम मार्फत सरसफाइ गर्ने भनी रातो किताब मा कार्यक्रम समावेश गर्नु भएको छ । आशा छ सरसफाइको बिषयमा समन्वय गर्नु हुने छ ।
६)सानो उमेर देखि महत्त्वपुर्ण जिम्मेवारी र जिम्मेवार कार्यहरु मा अति व्यस्तता देखेका छौ? समस्या र जटिलता केही महसुस गर्नु भएको छ ?
– यहाँ कसैको आमा ले पनि समस्या नभोग्नु पर्ने सन्तान लाई जन्म दिनु भएको छैन ।जीवन संघर्षपुर्ण छ । जटिलता र समस्याले मान्छे लाई बलियो बनाउ छ ।कयौ समस्या र जटिलता ले पनि यो स्थान प्राप्त गर्न साथ दिएको हो कि।
७) सामाजिक राजनीतिक जीवन सगै , जीवन साथिको कमि महसुस गर्नु भएको छैन ।काहीं कतै माया प्रेम प्रस्ताव आए अहिले सम्म जिन्दगी मा?
-हामी घर मा सन्तानको रुपमा दुई दाजु भाइ मात्र छौ। म जेठा भएको हुनाले सामाजिक राजनीतिक जीवन सगै , जीवन साथिको महसुस गरेको छु , केही कठिनाइ छ । तर आफू लाई अझै बलियो र परिपक्व बनाउने यात्रा मा छु ।यो प्रश्नको उतर दिइ राख्दा एउटा भकी प्रेमिकाले पनि छाड्ने भइ । माया बिनाको मान्छे हुन्छ र। प्रेम प्रस्ताव धेरै आए जिन्दगी मा । केही रोचक प्रसङ्ग हरु पनि छन फुर्सद मा सुनाउला। काहिँ कतै आफ्नै थर पर्ने हरु ले पनि प्रेम का प्रस्ताव राखेका थिए मैले बैनी बनाएर असुइकार गरे।
८) तपाईंको सामाजिक संजाल मा हेर्छौ तपाईं दारी लाई विशेष महत्त्व दिएर पाल्नु भएको छ किन?
-छोरा मान्छेको सबै भन्दा ठूलो सम्पत्ति दारी हो ।दारी जुङ्गा बेगरको छोरा मान्छे , पुरुष जस्तो लाग्दैन । धेरै लाई मैले नै पाले पनि मन पर्दैन कति लाई मन पर्छ आफ्नो आफ्नो सोच हो । महत्त्व भन्दा पनि यो एक मोह पनि हो , बुबा को हजुरबुबा ले पालेको फोटो मा देखे पछी पाल्ने मन जागेको हो।
९) तपाईं लाई दारी र रक्तदान यी दुई बिषयमा र प्रसङ्गमा सामाजिक संजालमा निकै सक्रिय देख छौ किन?
– यी दुबै मेरा रुचिका बिषय भएर पनि होला। सामाजिक संजाल मा दारी र रक्तदान को बिषयमा केन्द्रित भएर म स्टाटस हालिरहन्छु मलाइ मजा पनि लाग्छ । रक्तदान को बिषयमा भन्नै पर्दा म ३-३ महिना मा नियमित रक्तदान गर छु।
अब दुई मा एउटा रोज्नु होला:
१)सामाजिक कार्य कि व्यक्तिगत जीवन?
:सुरुमा व्यक्तिगत जीवन
२)केपि ओलि / प्रचण्ड ?
:केपि ओलि
३) मागी बिहे /भागी बिहे?
:भागी बिहे
४) गणतन्त्र/राजतन्त्र
:गणतन्त्र
५) भागय/परिश्रम
:अब चै परिश्रम , केही समय भागयको पछी हिडे।६) बिदेश / स्वदेश
:स्वदेश
७)तपाईं लाई बोलाउदा अबि / अबिशेक कुन सहि ?
: अबि , तर मेरो वास्तविक नाम अबिशेक हो । सबै ले माया ले लिने नाम अबि हो ।
८) छोरा/छोरी
: छोरी , घर मा हामी दुई दाजुभाइ भएका ले । मेरो प्रथम सन्तान छोरी नै होस।
९)तपाईंको स्थानीय सरकारका प्रमुख रविन्द्र लिङ्देन कि उपप्रमुख डम्बर बहादुर गिरी?
: उपप्रमुख डम्बर बहादुर गिरी, उहाँको भुमिका भोलि आउने जुन सुकै नेतृत्वले पनि खेल्न सक्दैन । एक बिकास र निकास का आइटम हुन डम्बर बहादुर गिरी।
१०) जलथल / हल्दिबारी कुन नाम धेरै प्यारो ?
: जलथल नाम धेरै प्यारो हो । यो नाम धेरै थोक सग सम्बन्धित छ । एसिया कै नमुना को रुपमा रहेको जलथल जङ्गल, मैले केही समय नेतृत्व गरेको एक समूह जलथल सिटि , त्यसैले जलथल हराउदैन जस्तो लाग्छ ।हल्दिबारी समग्र गाउँपालिका को नाम हो।
११) ब्याटमिटन / भलिबल
:ब्याटमिटन
धन्यवाद ! कार्यक्रममा समयदिनु भएको मा यो अमुल्य समय हामी लाई दिनु भएकोमा बाकी समय हजुरको अझै सफल रहोस ।
: धन्यवाद हजुर हरु सम्पुर्ण टिमलाइ नै । यो साथ माया हौसला सधै येस्तै पाइयोस । हार्दिक आभारी छु ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस