नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क वृद्धि गरिएको आधिकारिक जानकारी गराएको छ।
संघ र अफिन बिच संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी चिकित्सकले बिरामी जाँच गर्दा लिने शुल्क बढाएको हो।
वृद्धि गरिएको शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको प्रतिबिरामी ३ सय ७० लिनेछन भने पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकिएको छ ।
त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरहरुले जाँच्ने शुल्क भने ८ सय २५ कायम गरिएको छ।

फेसबुक देखि प्रतिक्रिया दिनुहोस