२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले केपी ओलीले मदन भण्डारी बिर्सिए को बताएका छन । काठमाडौंमा नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बिरोध सभामा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको शरणमा पुगेर आफ्ना पापहरु कटाउन उद्दत रहेको बताउँदै नेता नेपालले नेता ओली कम्युनिस्ट नै नरहेको जिकिर गरे ।
कम्युनिस्ट विचारमा आस्था राख्ने मान्छे भगवानको नाम जप्दै महाराजा जसरी हिड्न नहुने उल्लेख गर्दै नेपालले ओली पुर्वराजाहरुको बाटोमा अघि बढेको बताए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस