गुल्मी : गुल्मीको मालिकामा गाउँपालिकाले नागरिकलाई सहजता पुर्याउनको लागि नि:शुल्क आंँखा शिविर सञ्चालन हुने भएको छ । नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले फागुन २ र ३ गते निःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
फागुन २ गते गाउँपालिकाको वडा नम्वर दुइ दर्लिङ को च्यानडाडामा रहेको सामुदायिक स्वास्थ्य इकाइ र फागुन ३ गते वडा नम्वर पाँचको छापहिलेमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए ।
शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि :शुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ । साथै शिविरमा मोतीया विन्दु देखीएका बिरामीको फागुन १० गते सिमलटारी आँखा उपचार केन्द्रमा नि शुल्क शल्यक्रिया गरिने र बिरामीको लागी नि शुल्क यातयातको व्यवस्था गरिएको मालिका गाउँपालिकाले जनाएको छ । # मालिकामा नि:शुल्क आंँखा शिविर
फेसबुक देखि प्रतिक्रिया दिनुहोस