सुरज श्रेष्ठ :
वीरगंज महानगरपालिका श्रीसिया काफला पर्सा नेपाल संघले भारतको बाबाधाम लगायत विभिन्न तिर्थ स्थलहरु मा प्रत्येक वर्ष जाने गर्द्थ्यो । तर, गएको वर्ष कोरोना महामारी ले गर्दा नेपालका कावारीयाँ संघ भारतमा रहेका तिर्थ स्थलहरु तर्फ नाका बन्दले गर्दा जान असमर्थ भएको थियो ।
तर कोरोना संक्रमण केहि न्युनिकरण भएपछि यस वर्ष विरगंजबाट प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले कावारियाँ मंडलीलाई भारत तर्फ विदाई गर्नु भएको छ । विरगंज महानगरपालिका वडा नं.१ स्थीत रहेको श्रीसिया नाकाबाट विदाई गरी रक्सौल हुन्दै भारतको विभिन्न तिर्थ स्थलहरु मा जानको लागि सह सम्मान अविर माला लगाई कावारियाँ यात्रीहरु लाई विदाई गरिएको हो ।
विदाई गर्ने क्रममा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक नेपाल प्रहरी, र भारतको सिमाना मा खटिएको भारतीय एस.एस.बी फोर्स ले समेत संयुक्तरुपमा विदाई कार्यक्रममा शरीक भई तिर्थ यात्री टोलीहरुलाई विदाई गरिएको छ । काफला लाई प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले बिदाई गर्नु भएको मा नेपाल र भारतका सुरक्षा निकायहरुले उहां लाई अबिर माला लगाई सम्मान समेत गरिएको हो ।
२ सय को हाराहारीमा नेपालबाट भारत तिर्थको लागि कावारियाँ काफला बिरगंज रक्सौल श्रीसिया सिमाना मा पुजाआज गरी विधिगत रुपमा भारत प्रस्थान भएको प्रदेश सांसद रमेश प्रसाद कुर्मीका स्वकिय सचीव शेख फिरोज ले जानकारी दिनु भएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस