२४ माघ, देवदह । देवदहमा सम्पन्न देवदह क्वाटर म्याराथन २०७७ को उपाधि गिरिलाल कुवंर र कल्पना थारुले हात पारेका छन ।
लियो क्लब अफ लर्ड बुद्धको आयोजनामा म्याराथन सम्पन्न सो म्याराथनमा १४.५ किलोमिटर दुरि ५२ मिनट ०८ सेकेन्डमा पूरा गर्दै नवलपरासीका गिरिलाल कुवर पाण्डे पहिलो भएका हुन् ।
प्रतियोगितामा २ सय १३ जनाले सहभागीता जनाएका थिए । ५२ मिनट ५४ सेकेन्डमा दुरि पूरा गरेका शंकनगरका अभिषेक पाण्डेले दोश्रो स्थान हासिल गरे भने ५३ मिनट ५४ सेकेन्डमा पूरा गर्दै युग ज्योति मा. वि. देवदहका छात्र आशिष क्षेत्री तेश्रो भए ।
त्यसैगरी १ घण्टा ७ मिनेटमा उक्त दुरी पार गर्दै महिला तर्फ बर्दियाकि कल्पना प्रथम भइन । कल्पनालाइ पछ्याउँदै १ घन्टा ९ मिनट ०७ दुरी पूरा गर्दै कैलालीकि सिमा चौधरी दोश्रो र दाङकि अनिषा चौधरीले १ घन्टा १३ मिनटमा दुरि पूरा गरी तेश्रो भइन ।
खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन देवदह नगरपालिका भवन हुँदै, सिगाहा, भवानिपुर (बुद्धको मावली घर ), पाकडी, शान्तिनगर, मायादेवी पार्क, बन चौकी हुँदै पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो ।
क्लबका अध्यक्ष लियो सन्दिप तिवारीको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो सरोज शर्माले स्वागत गरेका थिए । कार्यक्रमको संचालन भने लियो अनुष्का घिमिरे र राहुल सापकोटाले गरेका थिए । उक्त कार्यक्रमको संयोजन लियो शंकर पंगेनीले गर्नु भएको थियो ।
म्याराथनमा पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुने बिजेताहरु क्रमश नगद रु १५ हजार, मेडल र प्रमाणपत्र; १० हजार, मेडल र प्रमाणपत्र र रू ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले लियो क्लब अफ लर्ड बुद्धले देवदहलाई चिनाउने गरि देवदह क्वाटर म्याराथन २०७७ को आयोजना गरि देवदह महामानब गौतम बुद्धको जीवन संग सम्बन्धित देवदहका पर्यटकिय स्थलको विकाशमा ईट्टा थप्ने काम गरेको र देवदहको खेलकुदमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लबलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केसी, देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिकाका कार्यपालिका सदस्य बन्दु कुमाल,देवदह खानेपानीका अध्यक्ष गुमान केसि , जिल्ला परिषद ३२५ बि २ का जिल्ला अध्यक्ष लियो कुबेर पाठक, एरिया कोडीनेटर लियो गोबिन्द बञ्जाडे, रिजन कोडिनेटर लियो अस्मीता गौतम, स्टाटिक चिफ लियो कृष्ण खनाल, लियो बिराट भुषाल, पुर्व अध्यक्षहरु गोपाल पाण्डे, दिपेश मल्ल, बिजेन्द्रमान शाक्य , कमल ज्ञवाली , विभिन्न विद्यालयका शिक्षक ,सामाजिक व्यक्तित्व लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
क्लबका अध्यक्ष लियो सन्दिप तिवारीको अध्यक्षता तथा लियो शंकर पंगेनीको संयोजनमा सम्पन्न कार्यक्रमको संचालन लियो राहुल सापकोटा र अनुष्का घिमिरेले गरेका थिए भने लियो सरोज शर्माले स्वागत मन्तब्य राखेका थिए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस