सूर्य सुनार, २४ माघ गुल्मी । गुल्मीको किरण पुस्तकालयको ५३ औँ अधिवेशन शनिबार तम्घासको बालमन्दिरमा सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसले गर्दा अधिवेशन समयमै हुन सकेके थिएन तर ढिलो भए पनि संस्थाले आज अधिवेशन सम्पन्न गरेको किरण पुस्तकालयका निवर्तमान कोषाध्यक्ष चनकबहादुर कुवँरले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अथिति रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ढुण्डिराज पोखरेलले किरण पुस्तकालयमा अहिले सम्म रहेर शिक्षाको क्षेत्रमा काम गर्ने शिक्षाप्रेमीलाई धन्यवाद ज्ञापन गर्नुभयो । गुल्मी जिल्ला शिक्षाको क्षेत्रमा अगाडि रहेको बताउनुभयो । जसमा किरण पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई थियो । रेसुङ्गा नगरपालिकाले पुस्तकालय संचालनको जिम्मेवारी लिदाँ राम्रो हुने उहाँले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, वडा नम्बर ८ का वडाअध्यक्ष भरत भलामी, वडा नम्बर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले किरण पुस्तकालयको साथमा नगरपालिका रहेको भन्दै आवश्यक सहयोग पुस्तकालयलाई आगमी दिनमा गर्ने प्रतिवद्धता जनाएका थिए । पुस्तकालयको भवन बनेको छ यहाँ अब आवश्यक दक्ष जनशक्ति आवश्यक रहेको पनि बताएका थिए ।
किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले भवन बनेको छ तर काम गर्ने जनशक्तिको अभाव भएको बताउनुभयो । जस्तो भवन छ हामीले त्यस्तै दक्ष जनशक्ति राखेर पुस्तकालयको विकास गर्न चाहेको बताउनुभयो ।
किरण पुस्तकालयका निवर्तमान सचिब दीन पन्थीले संस्थाले गरेका कामहरुको बारेका जानकारी गराउनुभएको थियो । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइको सहयोगमा भवन भनेको छ । पूवमन्त्री गोकर्णराज विष्टलाई भवन निर्माणको लागि सहयोग जुटाइदिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
किरण पुस्तकालयका निवर्तमान कोषाध्यक्ष चनकबहादुर कुवँरले संस्थाको आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । जसमा पुस्तकालयको कूल आम्दानी ७ लाख १० हजार २५५ रहेको छ । खर्च ६ लाख ८६ हजार ५११ रुपियाँ खर्च भएको र २३ हजार ७४४ रुपियाँ बचत रहेको संस्थाका निवर्तमान कोषध्यक्ष कुवँरले बताउनुभयो ।
अधिवेशनबाट अध्यक्षमा शशि पन्थी चयन हुनुभएको छ । जसमा ९ सदस्य समिति रहेको छ । उपाध्यक्ष दीन पन्थी, सचिब चनकबहादुर कुवँर, कोषाध्यक्ष हिमकला राना, सदस्यहरु नन्दराम भुसाल, गोपाल पन्थी, बाम बहादुर केसी, र दुई जना सदस्य भने नगरपालिका बाट एक जना र गैरसहकारी संघबाट एक जना गरी ९ जनाको कार्यसमिति भनेको संस्थाका वर्तमान सचिब चनकबहादुर कुवँरले जानकारी दिनुभयो । # गुल्मीको किरण पुस्तकालयको
फेसबुक देखि प्रतिक्रिया दिनुहोस