सृजना सेन, २३ माघ, प्युठान । प्यूठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका-६ मोतिपुरमा रा १ ज ०९ नम्वरको स्कारपियो दुर्घटनामा अर्घाखाँची सितगंगा नगरपालिका- सातामारा बस्ने अन्दाजी ४२ वर्षका टंक बहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा घाईते भएका चालक सरुमारानी गाउँपालिका-२ दर्भान निवासी २३ वर्षीय दशरथ विकको उपचारका लागि बुटवल रिफर गरिएको छ ।
दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुर्घटनामा घाईते अन्य ९ जनाको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।
गाडीमा चढेका यात्रुका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ ।
# प्यूठानमा स्कारपियो दुर्घटना
फेसबुक देखि प्रतिक्रिया दिनुहोस