२२ माघ बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहले आयोजना गरेको आम हड्तालको रुपन्देहीमा सबैतिर बन्दको प्रभाव परेको छ । बिहानै देखि नेकपाका नेता कार्यकर्ताहरु सडकमा निस्किएका छन । सडक खाली छ भने ब्यबसाय पुर्ण रुपमा ठप्प छ ।

चोकचोकमा नेकपा कार्यकर्ताहरु बसेका छन । छिटफुट रुपमा चलेका मोटरसाइकललाई समेत नेकपा कार्यकर्ताले रोकेका छन । मेडिकल बाहेकका पसल तथा ब्यबसाय पुर्णतः ठप्प छन ।
अहिलेसम्म रुपन्देहीमा कुनै प्रकारको अप्रीय घटना घटेको छैन । कुनै पनि झडप नभएको र कोहि पनि गिरफ्तार नभएको नेकपा पार्टी सचिव निर्मल जिसिले सेतोमसीलाइ बताए । व्यापक जनसहभागिता सहित बन्द सफलताको दिशामा अगाडि बढेको उनको भनाइ छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस