सुमन गाहा, पाल्पा : माथागढी गाँउपालिकाको आठौं गाउँ सभा बुधबार देखि शुरु भएको छ।
सभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष सन्तोष थापाले गाँउपालिकाले नीतिगत रुपमा रहेर गरेका र भएका कार्यक्रम काे बारेमा जानकारी गराउदै विषयगत प्रगति प्रतिवेदनमा प्रवेश गराउनु भएको थियो ।
सभाका सचिव तथा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले अहिलेसम्म पालिकाबाट सञ्चालन भएका नीतिगत विषय अार्थिक विषय तथा याेजना सञ्चालन कार्यन्वयनकाे अवस्था विश्लेषण गर्दै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०७७/०७८ काे प्रथम चाैमासिकमा अाउदा पालिकाले गर्न सकेको र परेका समस्या चुनाैतीकाे विषय उठान गर्दै नीतिगत रुपमा सञ्चालित कार्यक्रमकाे समीक्षा सहित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभामा वडा नम्बर २ वडा अध्यक्ष जनक रिजालले स्वागत मन्तव्य राखेर अगाडि बढेकाे सभा सभाध्यक्ष सन्तोष थापाको अध्यक्षता तथा सभा सचिव राजु नेपालकाे सञ्चालनमा भएको थियो । # माथागढी गाउँपालिकाकाे आठाैं
फेसबुक देखि प्रतिक्रिया दिनुहोस