रुपन्देही : नेपाल अविनाश अनाथ आश्रम सहयोगार्थ दारी ग्याङ रुपन्देही र कतारको आयोजनामा शनिबार संचालित प्रथम दारी ग्याङ कप फुटसल प्रतियोगिताको उपाधी रोट्राक क्लब अफ क्षितिजले हात पारेको छ । शनिबार भएको अन्तिम फाइनल खेलमा रिट्राक क्लब तिनाउ सिटि र क्षितिज इन्टरन्यास्नलबिच फाइनल प्रतिस्पर्धा भएको थियो ।
जसमा क्षितिज इन्टेरनेशनल ३ विरुद्ध १ गोल अन्तरले बिजयी भएको थियो। तिनाउ सिटिले खेलको पहिलो हाफमा १-० को अग्रता लिए पनि दोस्रो हाफमा क्षितिजको खेलाडीले उत्कृष्ट ब्याक टु ब्याक गोल गरेपछी क्षितिज ३-१ को जित दर्ता गर्न सफल भएको थियो ।
उपाधिसङ्गै क्षितिजले नगद ११ हजार १ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको तिनाउ सिटिले नगत रु ५ हजार ५ सय ५५, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता तिनाउ सिटिका अनिश साक्य भएका छन् । उनले ३ खेलमा २३ गोल गर्न सफल भएका थिए। उनलाई मेडल र नगद रु १ हजार १ सय ११ प्रदान गर्नु भएको थियो। प्रतियोगिता अन्तर्गत विभिन्न ११ सामाजिक संस्था तथा क्लबको सहभागिता रहेको थियो । यस कार्यक्रमको संयोजक दारि ग्याङ रुपन्देहीका सक्रिय सदस्य जिवन भन्डारी र सागर बस्याल रहनु भएको थियो भने कार्यक्रमको अध्यक्ष दारि ग्याङ रुपन्देहीका संयोजक गणेश पन्थ रहनु भएको थियो । बिजेता टिमलाइ धन्यवाद दिदै आगामि दिनहरुमा पनि सबैको सहयोग रहने प्रतिबदता प्रमुख अतिथिले जनाउनु भएको थियो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस