यो गाउँमा बाटो आउँछ मोटर पनि आउँछ
चुनाव आएपछि नेताले यस्तै कुरा सुनाउँछ ।।
गरिव भएर के भो भोको छैन नाङ्गो छैन
दिनभरि काम गर्छ साँझमा उ रमाउँछ ।।
नबस भो परदेशमा धन मात्र कमाउनलाई
छिट्टै स्वदेश फर्क भनी पखेरोले बोलाउँछ।।
बाल्यकालमा लुकामारी खेल्दाखेरी लुके जस्तो
यो सरकारले बलात्कारी रुमाल जस्तो लुकाउँछ ।।
बा´ले भन्छन् नगर बुढी गाली मात्र नगर
छोरो हो कमाउँछ अहिले मन दुखाउँछ ।।
# यो गाउँमा बाटो
सर्जक : डिएनके कुवँर, लुम्बिनी नेपाल
फेसबुक देखि प्रतिक्रिया दिनुहोस