देवदह । जाडो बढेसंगै तराईका बिभिन्न स्थानमा बिद्यालयहरु बन्द गरिएको छ । यसै क्रममा देवदह नगरपालिकाले पनि भोलि बिहिवार र शुक्रबार गरि २ दिनका लागि बिद्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।
मौसममा आएको आकस्मिक परिवर्तनका कारण अत्यधिक जाडो बढेको हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकाले २०७७ माघ १५ गते बिहीवार र १६ गते शुक्रबार गरि दुई दिन देवदह अन्तर्गतका बिद्यालयहरु बन्द गरिने सुचना नगरपालिकाका उप-सचिव टिकाराम शर्माद्वारा जारी गरिएको छ ।
यस अघि कपिलवस्तुको कृष्णनगर, रुपन्देही कै सैनामैना लगायत विभिन्न स्थानमा समेत जाडो बढेसंगै निश्चित दिनलाइ जाडो बिदा दिइसकिएको छ ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस