बुटवल, १४ माघ । प्रधानमन्त्री केपी ओली शर्माले संसद विघटन गरेपश्चात आन्दोलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव खेमाले बिरोधको केन्द्रिय कार्यक्रम अनुसार १५ गते बिहीबार भोलि हुने नेकपा को बुटवल जनसभाको तयारी पूरा भएको पार्टीले जनाएको छ ।
गत सातामात्र केन्द्रिय राजधानी काठमाडौमा विशाल जनप्रदर्शन सहित जनसभा गरेको प्रचण्ड- नेपाल पक्षले नेकपा ओली समूहका नेता तथा अर्थमन्त्री बिष्णु पौडेलको चुनावी क्षेत्र समेत रहेको बुटवलमा पनि सोही अनुसार तयारी गरेको बुझिएको छ ।
मोफसलको राजधानी बुटवल राजनैतिक दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र भएको र यस अघि पनि दैनिक जसो बुटवलमा विभिन्न जनबर्गिय संगठनहरुले पार्टी/संगठनका केन्द्रिय र स्थानीय तहमा समेत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएका छन ।
लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक एवं नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले बुटवलको जनसभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकताहरु सहभागी हुने जानकारी दिए । नेता गैरेका अनुसार जनसभालाई नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहल प्रचण्ड र माधव कुमार नेपाल तथा नेताहरु धनश्याम भूसाल, युवराज ज्ञवाली, चक्रपाणी खनाल बलदेव, वर्षमान पुन लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
भोलि हुने नेकपा को बिरोध सभाका लागि बुटवलका विभिन्न चोकबाट जुलुसहरु निस्किने र पुष्पलाल पार्कमा पुगेर जुलुस जनसभामा परिणत हुनेछ । आन्दोलन पार्क समेत भनेर चिनिने बुटवलको पुष्पलाल पार्कमा आयोजना गरिएको जनसभामा करिव ४० देखि ५० हजार जनसहभागिता रहने पार्टी स्रोतले बतायो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस