२४ चैत्र, काठमाडौं । आन्तरिक विवादको भुमरीमा फसेको नेकपा एमाले कर्णाली प्रदेशमा भने नाटकीय रुपमा एकताबद्ध भएको छ ।
एमालेको ओली र माधव पक्ष एक भएसंगै नेकपा माओवादी केन्द्र नेतृत्वको शाही सरकार संकटमा परेको छ । पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिए पश्चात् शाही सरकार संकटमा परेको हो ।
मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।
आइतबार बसेको एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरीने निर्णय गरे संगै कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology