रामचन्द्र तिम्सिना,नुवाकोट ३२ टिम सहभागी रहेको तेस्रो नागिन थान खुल्ला नकाउट फुटबल प्रतिस्पर्धा अन्तर्गत हिजो भएको डिजे युवा क्लब र सामरी युवा कल्ब बिचको रोमाञ्चक खेल पेनाल्टी सुट आउटको अन्तिम चरण सम्म पुगेर टुंगिएको थियो।
खेलको शुरुवाती चरणमा अग्रता लिएको डिजे युवा क्लबले लामो समय सम्म अग्रता टिकाउन सकेन र सामरी युवा क्लबका खेलाडीले जवाफी गोल फर्काएर आफ्नो लयमा फर्कियो।
खेलको दोस्रो हाफमा दोस्रो गोल मार्फत अग्रता लिएको सामरी युवा क्लबले खेलको अन्तिम चरणमा कमजोर प्रतिरक्षाको फाईदा उठाएर गोल गर्दै डिजे युवा क्लबले खेल बराबरिमा पुर्याएर रोमाञ्चक अन्त्य गरेर खेल पेनाल्टी शुट आउट सम्म पुग्यो।
पेनाल्टी शुटको पनि अन्त्यमा सामरी युवा क्लबका रक्षक आयुश खड्काले सजिलै ब्लक गरेर टिमलाई जित दिलाएका थिए।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस