प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पुर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालप्रती तल्लो तहको आलोचना गरेका छन । निर्वाचन आयोगको निर्णयले प्रचण्ड-नेपाल र ओली दुबै पक्षका पछिल्ला निर्णयहरुलाइ मान्यता नदिएपछी माधवकुमार नेपालको अध्यक्ष पद अबैध भएको टिप्पणी सहित आफ्नो फेसबूक एकाउन्टमा उनले उक्त टिप्पणी गरेका हुन ।
प्रतिगमन आधा सच्चियो भन्दै तत्कालीन नेकपा एमालेका पार्टी महासचिव समेत रहेका माधवकुमार नेपालले राजा ज्ञानेन्द्र शाहलाइ प्रधानमन्त्रीको लागि गरेको अनुरोधको प्रसङ्ग समेत कोट्याउदै उनले लेखेका छन – “पहिले दरवारको पश्चिम ढोकामा सभक्ती बिन्तिपत्र चढाउदा प्रधानमन्त्री बन्न नपाएको इतिहास कै पुनरावृत्ति । ”
नेकपा प्रचण्ड- नेपाल पक्षले माधवकुमार नेपाललाइ अध्यक्ष बनाएको १ महिना ४ दिनमै निर्वाचन आयोगको निर्णयले उनको पदलाइ अबैध बनाइदिएको भन्दै लेखेका छन – “बुद्दिले अरुलाइ खा, रिसले आफुलाइ खा भनेको यस्तै भएर होला ।”
ओलीले पार्टीको तेस्रो अध्यक्ष प्रस्ताव गर्दा नेपालले नमानेको भन्दै उनले अगाडि लेख्छन – “एकीकृत पार्टिको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन । तेल दिदा नखाने, कोल चाट्ने गर्दा यस्तै हुन्छ नै ।”
नेपालमाथी मजाक गर्दै थापा लेख्छन – उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाडामा कुखुरी काँ ?
स्मरण रहोस, निर्वाचन आयोगले दुबै नेकपाका पछिल्ला निर्णयहरुलाइ मान्यता नदिएपछी प्रधानमन्त्री ओलीले हजारको संख्यामा थप गरेका केन्द्रिय सदस्यहरु समेत अबैध भएका छन ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस