भद्रपुर नगरपालिका ७ गार्मेन्ट चोक निवासी दुबै मृगौला को समस्या रहेकी मन्जु ठकुरी (बिष्ट) लामो समय देखि समस्या देखा परेर ग्रसित छिन।आर्थिक स्थिति कमजोर रहेको कुरा सामाजिक अभियन्ता अबिषेक खतिवडा ले कोरिया प्रवासी हरु सग सल्लाह गरेर आर्थिक संकलन मा जुटेका संकलक तथा सहयोगार्थ संयोजक पर्शुराम पाठक ले जानकारी दिनु भएको छ ।
पाठकले कोरियामा रहेका २५ जना प्रवासी गाउँले साथी भाइ सग सहयोग रकम संकलन गरि संकलन भएको रकम कोरियन वन् एघार लाख सत्तरी हजार ( ११,७०,०००/- ) नेपाली रु १,(एक लाख अट्ठाईस हजार तिन सय) १,२८,३०० रूपियॉं अशक्त बिष्ट परिबार लाई प्रदान गरि सिघ्र स्वास्थलाभको कामना सहित सहयोगार्थ रकम हस्तानतरण गरिएको छ। कोरिया मा रहेका गाउँले दाजुभाइ ले फेस्बुक मा गाउँले नामक ग्रुप नै बनाएर लामो समय देखि सामाजिक काम गरेको सहयोग शब्द मा ब्यान गरेर नसिक्ने र अतुलनीय रहेको खतिवडा ले फुस्बुक मार्फत दाबी समेत गरेका छन। बिमारी लाई केही समय अगाडि नेकपा हल्दिबारी र डेनमार्क लगायत विभिन्न स्रोत संघ सस्था र स्थान बाट पनि सहयोग भइ रहेको पनि खतिवडा ले बताएका छन।
# अभियन्ता अबिषेक
फेसबुक देखि प्रतिक्रिया दिनुहोस