कविता : रुद्री घण्टी नभएको मान्छे
बोल्न हुने पनि बोल्छ
बोल्न नहुने पनि बोल्छ।
गर्न सक्ने पनि बोल्छ
गर्न नसक्ने पनि बोल्छ।
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन ।
तुहिन अझैं हटेनन होला
झोलुङ्गे पुल अझै बनेनन होला।
भुकम्प पछिको पुनर्निर्माणमा
स्कुल बिदेशिले बनाईदिए
ट्वाईलेट बिदेशिले बनाईदिए
मठ-मन्दिर
घर
पाटी-पौवा बिदेशिले बनाईदिए।
सत्ता संचालन
सांसद भत्ता
बिदेश भ्रमण बिदेशिले गराईदिए।
गफ भने यसरी दिन्छ ।
चद्रमामा बस्ती बसाल्ने
मंगलमा खेती गर्ने
बुधमा उद्योग
वृहस्पतिमा व्यापार
शुक्रमा पर्यटक
शनिमा कपास
रविमा पर्यटक
आकासगंगामा दोस्रो पृथ्वी खोज्दै
अनि
अन्तरीक्षमा खेल मैदान बनाउने भाषण दिन्छ।
प्रसान्त महासागरमा झण्डावाला जहाज कुदिसक्यो
पुर्वपश्चिम रेल दौडिदैछ।
चुलोमा पाईप ग्यास आईपुग्यो
ओछ्यानमा भात
चुच्चे रेल
मेट्रो रेल
सुख्खा बन्दरगाह संचालनमा आईसक्यो।
आफैले बोलेका नारा पूरा गर्न सक्दैनन्
अनि
गुनासो गर्दै सहानुभूति बटुल्न खोज्छ
इमोसनल ब्ल्याकमेलिङ गर्दै आँसु झार्छ
फलानोले गर्न दिएन
ढिस्कानोले सहयोग गरेन भन्दै पन्छिन्छ
रुद्री घण्टी नभएको मान्छे।
आफ्नै अभिसप्त बोलिले आफैमा जलेको
रुद्री घण्टी नभएको मान्छे।
# रुद्री घण्टी नभएको मान्छे
फेसबुक देखि प्रतिक्रिया दिनुहोस