संसद विघटनको विरुद्ध देशब्यापी बिरोधका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज रुपन्देहीमा प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
बिरोध सभालाइ सम्बोधन गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्रीको कदम प्रतिगामी भएको आरोप लगाउँदै संसद पुनर्स्थापनाको माग गरेका छन ।
बिरोध सभालाइ सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रिय समिती सदस्य अनुप पोखरेलले आज या भोलि, अदालतबाट या आन्दोलनबाट जहाँबाट जसरी भएपनि विघटित संसद पुनर्स्थापना हुने र त्यही नै अहिलेको राजनीतिक निकासको एक मात्र बिकल्प भएको बताए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस